रियल म्याड्रिडको लगातार चौथो जित

काठमाडौँ । स्पेनिस ला लिगामा अन्तर्गत रियल म्याड्रिडले रियल बेटिसलाई पराजित गरेको छ । शनिबार राति सम्पन्न खेलमा रियल म्याड्रिडले रियल बेटिसलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

रियल म्याड्रिडको जितमा भिनिसियस जुनियर र रोड्रीगोले एक एक गोल गरेका थिए । रियल म्याड्रिडको जितमा रोड्रीगोले खेलको ६५औँ मिनेटमा निर्णायक गोल गर्दै जित दिलाएका थिए ।

यसअघि रियलका लागि भिनिसियसले खेलको नवौं मिनेटमा गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए भने रियल बेटिसका लागि सर्जियो कानालेसले १७औं मिनेटमा गोल गर्दै खेल बराबरी गरेका थिए ।

यो जितपछि रियल म्याड्रिडले लगातार चौथो खेलमा जित हासिल गरेको छ । रियल म्याड्रिडको ४ खेलमा १२ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ । त्यस्तै रियल बेटिसले भने यस सिजनमा पहिलो हार बेहोरेको छ र ४ खेलमा ९ अंक रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *