चलचित्र क्षेत्रलाई अन्तराष्ट्रिय स्थरमा पुग्ने गरी विकास गर्नुपर्छ : ज्ञानेन्द्रबहादुर कार्की

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अन्तराष्ट्रिय क्षेत्रमा पु्ग्ने गरी नेपालको चलचित्र क्षेत्रको विकास गर्नुपर्ने बताएका छन् ।

नेपाल चलचित्र निर्माता संघका १६ औं वार्षिक साधारणसभाका अवसरमा शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा मन्त्री कार्कीले अहिले लाखौ नेपालीहरु रोजगारका लागि बिभिन्न देशमा रहेको भन्दै नेपालको चलचित्र क्षेत्रलाई अन्तराष्ट्रिय क्षेत्रमा पुग्ने गरी विकास गर्नुपर्ने बताए ।

विदेशमा रहेका नेपालीहरुलाई पनि सहज रुपमा नेपाली चलचित्र हेर्न सक्ने गरि काम गर्नुपर्ने उनको सुझाव छ । त्यस्तै मन्त्री कार्कीले धेरै राम्रा सिनेमाहरु बनेको र आगामी दिनमा कला संस्कृति र भूगोललाई मध्यनजर गर्दै बनाई विश्व बजारमा राम्रै स्थान पाउने जिकिर गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 5 =