चुनाव जित्योत्यसपछि अर्को चुनाव के होला भन्ने डर लाग्छ : गगनकुमार थापा
२०७९ भदौ १८ गते

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चुनावमा जित हार दुवै हुने भए पनि आफूलाई हारिएला कि भन्ने डरले बढी सताउने गरेको बताएका छन् । निर्वाचन आएपछि हारिएला कि भन्ने डर आफूलाई हुने बताए ।
काठमाडौँको बूढानीलकण्ठस्थित भ्याली पब्लिक माध्यामिक विद्यालयले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले विद्यार्थीहरूलाई पनि परीक्षामा फेल भइएला कि भन्ने डर लाग्ने अवस्था आउन नदिन उनीहरूलाई फेल पनि भइन्छ भन्ने कुरा सिकाउन आवश्यक रहेको बताए।
थापाले भने, ‘एउटा चुनाव जित्यो। त्यसपछि खुसी भयो। त्यसपछि अर्को चुनाव के होला भन्ने डर लाग्ने। मलाई यस्तो हुन्छ ।’पूर्वमन्त्रीसमेत रहेका महामन्त्री थापाले सफलता र असफलता दुवै कुरा जिन्दगीमा हुने कुरालाई बोध गराउँदै विद्यार्थीको पठनपाठन अघि बढाउन विद्यालयलाई आग्रह गरे।
२०७९ भदौ १८ गते
प्रतिक्रिया
सम्बन्धित








