कांग्रेस प्रवक्ता महत नुवाकोट क्षेत्र नं १ बाट सिफारिस

काठमाडौा । आगामी मङ्सिर ४ गतेका लागि तोकिएको प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नुवाकोटबाट नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महत नुवाकोट क्षेत्र नं १ बाट सिफारिस भएका छन् ।

क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ नेपाली कांग्रेसका प्रवक्ता महत र केन्द्रीय सदस्य डा रामशरण महतलाई सिफारिस गरिएको क्षेत्रीय सभापति धुव्र श्रेष्ठलेले जानकारी दिए।

उनका अनुसार समानुपातिकतर्फ ६ जनालाई सिफारिस गरिएको छ। प्रत्यक्षमा समेत नाम समावेश भएका डा रामशरणणलाई समानुपातिकतर्फ १ नं मा सिफारिस गरिएको छ। अन्य उम्मेदवारमा डा केदारनरसिंह केसी, कल्पना नेपाली, कृष्णबहादुर लामा, प्रकाश गोतामे र सीता मिजार छन्।

यस्तै, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ तीनजनाको नाम सिफारिस गरिएको छ। प्रत्यक्षतर्फ केन्द्रीय सदस्य बहादुरसिंह लामा तामाङ सहित राज्यलक्ष्मी पाँडे श्रेष्ठ र लालीमाया तामाङलाई सिफारिस गरिएको हो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + four =