चितवनमा विद्युत् लाइन भूमिगत गरिने, प्रचण्डद्वारा शिलान्यास

चितवन । भरतपुरको मुख्य बजार क्षेत्रमा विद्युत् लाइन प्रसारण भूमिगत गरिने भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार विद्युत लाइन प्रसारण भूमिगत गर्ने आयोजनाको शिलान्यास गरेका छन् ।

नारायणगढको पूल्चोलदेखि बसपार्क चोकसम्म र बसपार्कदेखि आँपटारीसम्म विद्युत् लाइन भूमिगत गरिने भरतपुर महानगरपालिकाले जनाएको छ । भूमिगत गरिने भएको छ । भूमिगत प्रशारणको लागि विद्युत प्राधिकरणले ठेक्का सम्झौतासमेत गरिसकेको छ ।

महानगरपालिकाको मुख्य बजार क्षेत्रमा ४९ करोड ६८ लाख ३१ हजार ८ सय ९९ रुपैयाँको लागतमा विद्युत लाइन भूमिगत गर्न लागिएको हो । यसका लागि भारतीय कम्पनी टाटा प्रोजेक्ट्स लिमिटेडसँग सम्झौता गरिएको छ । सन् २०२४ को जनवरी १९ भित्र सक्ने लक्ष्य राखिएको छ । नेपाल सरकार र प्राधिकरणको संयुक्त लगानी तथा एशियाली विकास बैंकको ऋण सहयोगमा पोखरा भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना सुरु भएको हो।

आयोजनाले कास्कीको पोखरा वितरण केन्द्र तथा चितवनको भरतपुर वितरण केन्द्रअन्तर्गत पर्ने मुख्य सहरी सडकहरुको विद्युतलाइनहरु भूमिगत गर्ने तथा ट्रान्सफरमरहरु सुदृढीकरणरथप गर्ने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − fifteen =