कृष्णप्रसाद सिटौला झापा-३ बाट एकल उम्मेदवार सिफारिस

काठमाडाैँ । कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला झापा निर्वाचन क्षेत्र नं. ३ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस भएका छन् । पार्टीको क्षेत्रीय कार्यसमितिको बैठकले नेता सिटौलाको नाम सर्वसम्मत रुपमा सिफारिस गरेकाे हाे ।

क्षेत्रीय सभापति एवं भद्रपुरका नगरप्रमुख गणेश पोखरेलकाअनुसार प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारतर्फ भारतेन्दुकुमार मल्लिक, सुशीला ढकाल, राजेन्द्र घिमिरे र डम्बरसिंह सिंगुकाे नाम सिफारिस भएको छ ।

प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फ प्रदेश (क) बाट भूमिप्रसाद राजवंशी र प्रदेश (ख) बाट नवीन विमली, भगीरथ पोद्दार र भरत प्रसाइँको नाम सिफारिस भएको छ । प्रदेश (क) मा राजवंशीको एकल नाम सिफारिस भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *