उदयपुरमा एकै परिवारका तीन जनाको हत्या

काठमाडौँ । उदयपुरमा एकै परिवारका तीन जनाको विभत्स हत्या भएको छ । बेलका नगरपालिका ७ गोबाटारका बस्नेत दम्पती र उनीहरूका १२ वर्षीय छोराको हत्या भएको हो ।

उदयपुरका प्रहरी प्रमुख एसपी ज्ञानेन्द्र फुयाँलका अनुसार ३७ वर्षीय राजकुमार बस्नेत, उनकी श्रीमती ३३ बर्सिया सरिता बस्नेत र छोरा १२ वर्षीय सुजन बस्नेतको हत्या भएको हो ।

उनीहरूको हत्या सोही गाउँका ४० वर्षीय नरबहादुर बस्नेतले गरेको प्रहरीको भनाई छ । नरबहादुरलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

हत्यामा प्रयोग गरेको खुकुरीसहित भाग्दै गर्दा उनलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *