सांसदद्वय सुदन-सुरेशले ‘किरात एकेडेमी अक्षयकोष’ लाई १/१ लाख दिने
२०७९ भदौ १७ गते

प्रतिनिधि सभा सदस्यद्वय सुदन किराती र सुरेश राई। फाइल तस्बिर ।
काठमाडाैँ । ‘किरात एकेडेमी अक्षयकोष’ लाई प्रतिनिधि सभा सदस्यद्वय सुरेश राई र सुदन किरातीले १/१ लाख प्रदान गर्ने घाेषणा गरेका छन् । शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा आयाेजित एक कार्यक्रमका क्रममा उनीहरूले अक्षयकाेषलाई १/१ लाख प्रदान गर्ने उद्घाेष गरेका हुन् ।
किरात राई लेखक संघका अध्यक्ष एवम् साहित्यकार खुक्सङ खम्बु राईकाअनुसार उनीहरूले कार्यक्रमकाे शुरूमै त्यस्ताे उद्घाेष गरेका हुन् । ‘उहाँहरूले १/१ लाख प्रदान गर्ने घोषणा गर्नुभएको छ । याे ऐतिहासिक कार्यका उहाँहरूलाई धन्यवाद भनेका छाैँ,’ उनले भनेका छन् ।
प्रतिनिधि सभामा सुरेशले उदयुपरबाट र सुदनले भाेजपुरबाट प्रतिनिधित्व गर्छन् । सशस्त्र १० वर्षे माओवादी जनयुद्धमा समेत सहभागी उनीहरूले समावेशीता तथा समानताकाे राजनीतिक वकालत गर्दै आएका छन् ।
२०७९ भदौ १७ गते
प्रतिक्रिया
सम्बन्धित








