ललितपुरले पनि अपनायाे ‘बालेन माेडेल’, अवैध संरचना भत्काउन सुरु

काठमाडौँ । ललितपुर महानगरपालिकाले फुटपाथ (सडकपेटी) मिचेर बनाइएका संरचना हटाउन सुरु गरेको छ । शुक्रवार महानगरले ललितपुरको लगनखेलमा रहेको महानगरकै भवनमा रहेको एक होटेलले नियम विपरीत बनाएको संरचना हटाएको हो ।

सो क्रममा महागरले फुटपाथमा व्यापार नगर्न आग्रह गरेको छ । ललितपुर महानगरपालिकाका प्रहरी प्रमुख सिताराम हाछेथुले फुटपाथ मिचेर बनाइएका संरचना हटाउन आफ्नै मातहतको कार्यालयबाट सुरु गरिएको जानकारी दिए ।

महानगरभित्र अनधिकृत रूपमा बनेका संरचनामा व्यापार व्यवसाय गर्नेहरूलाई भने दशैँपछि हटाउने र सूचना जारी समेत भइसकेको उनले बताए । अनधिकृत संरचना कसैले अटेर गरी नहटाएको पाइएमा प्रक्रिया पूरा गरेर महानगरले हटाउने उनको भनाई छ ।

हाछेथुले अहिले नै महानगरभित्र डोजर लगाउने अवस्था नरहेको र महानगरले दिएको समयमा व्यवसायीहरू आफैँले अनधिकृत संरचना हटाउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *