फुटपाथमा व्यापार गर्न पाउनुपर्ने माग राख्दै माइतीघरमा प्रदर्शन (तस्वीरसहित)

काठमाडौँ । फुटपाथ व्यापारीहरूको संगठन ‘राष्ट्रवादी स्वरोजगार व्यवसायी महासंघ’ले फुटपाथमा व्यापार गर्न पाउनुपर्ने माग राख्दै माइतीघरमा प्रदर्शन गरेको छ ।

महासंघले शुक्रवार माइतीघरमा प्रदर्शन गरेको हो । महासंघले केही हप्ताअघि महानगरलाई विभिन्न माग राख्दै ज्ञापन पत्र बुझाएको भएपनि सुनुवाइ नभएकाले संघर्षमा उत्रिनुपरेकाे बताएको छ । संघर्ष समितिका संयोजक शिशिर भट्टले भने, ‘केही हप्ताअघि महानगरलाई दिएको ज्ञापन पत्रको सुनुवाइ नभएको कारण यो दोस्रो चरणको विरोधमा उत्रिनु परेको हो ।’

प्रदर्शनकारीहरूले माइतीघरमा भेला भई भद्रकाली, सुनधारा हुँदै महानगरको कार्यालय अघि पुगी त्यहाँबाट त्रिपुरेश्वर हुँदै पुनः माइतीघर आई जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका थिए ।

उनीहरूले आफ्नो रोजीरोटीको सुनिश्चितता हुनु पर्ने, वैकल्पिक व्यवस्था नगरी फुटपाथबाट पसल हटाउन नहुने, नगर प्रहरीले जफत गरेका सामान बिना सर्त फिर्ता गर्नुपर्ने लगायतका माग राखेका छन् ।

तस्वीरः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 16 =