सान्चोको गोलमा म्यानचेस्टर युनाइटेड विजयी

काठमाडाैँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले लगातार तेस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीलाई १-० गोल अन्तरले पराजित गरेको छ ।

म्यानचेस्टर युनाइटेडको जितमा खेलको २३औँ मिनेटमा जाडोन सान्चोले गरेको एक मात्र गोल नै खेलको निर्णायक गोल बनेको थियो । यस सिजनमा शुरुका दुई खेलमा लगातार हर बेहोरेको म्यानचेस्टर युनाइटेडले त्यसपछिका तीन खेलमा लगातार जित हासिल गरेर विजयी लयमा फर्किएको छ ।

यस खेलमा पनि स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो नियमित ११ मा परेका थिएनन् । उनी खेलको ६८औँ मिनेटमा सब्सटिच्यूटको रुपमा खेलेका थिए । योजितपछि म्यानचेस्टर युनाइटेडको ५ खेलमा ९ अंक भएको छ र लिगमा पाँचौं स्थानमा रहेको छ ।

त्यस्तै लेस्टर सिटीले भने यस सिजनमा खराब शुरुवात गरेको छ । लेस्टरले यस सिजनमा ५ खेलमा ४ खेलमा हार बेहोरेको छ भने एक खेल बराबरी खेलेको छ । लेस्टर अहिले केवल एक अंकसहित लिगको पुछारमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *