स्वतन्त्र तथा वैकल्पिक शक्तिको ‘लौरो अभियान’ घोषणा

काठमाडौँ । आगामी निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका समूहहरूले ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा गरेका छन् ।

बिहीबार ललितपुरमा स्वतन्त्र उम्मेदवारहरूले साझा चुनाव चिन्ह, साझा घोषणा पत्र र साझा उम्मेदवारका लागि अभियान घोषणा गरेको हो ।

सो क्रममा अभियानले प्रतिनिधिसभाका ९ उम्मेदवार घोषणा गरेको छ । कार्यक्रममा अभियानका संयोजक सुमन सायमीले दलीय बेतिथिको अन्त्य गर्न स्वतन्त्र उम्मेदवारलाई जिताउन आग्रह गरे ।

उनले स्वतन्त्र उम्मेदवारहरूलाई अन्तिममा मात्रै चिन्ह प्रदान गर्ने र समानुपातिक मतको पनि कुनै औचित्य नहुने गरी निर्वाचन आयोगको पक्षपातपूर्ण काम गरेको बताए । अन्य स्वतन्त्र उम्मेदवारहरू सँग पनि निरन्तर छलफलमा रहेको उनले बताए ।

त्यस्तै, अन्य उम्मेदवारहरूले निर्वाचित भए गलत काम नगर्ने प्रतिबद्धता गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *