शाओमीले मोबाइल फोनमा ल्यायो दशैँको ‘दशMi अफर’

काठमाडौँ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालीको महान चाड, वडा दशैं २०७९ को शुभ अवसरमा आकर्षक ग्राहक योजना बजारमा ल्याएको छ । एक महिना लामो यो #दशMi क्याम्पेनमा शाओमी फोन खरिद गर्नेहरुले लक्कीड्रामा प्रत्यक्ष सहभागी भई #दशMi क्याम्पेनअन्तर्गत रहेका रोमाञ्चक उपहार जित्ने मौका पाइने छ ।

शाओमीले आफ्ना प्रयोगकर्ताको आवश्यकतालाई ध्यानमा राख्दै चाडपर्वको अवसरमा केही नयाँ किन्न चाहने ग्राहकका लागि विशेष #दशMi अफर ल्याएको छ । #दशMi क्याम्पेनअन्तर्गत एक भाग्यशाली विजेताले Mi को 4S ६५ इन्चकाे टिभी, चार जनाले Mi को ४३ इन्चकाे टिभी र दैनिक १० जना भाग्यशाली ग्राहकले बड ३ लाइट, मोसन नाइट लाइन र नेकब्यान्ड प्रो मध्ये कुनै एक जित्ने मौका पाउने छन् ।

यस अफरबारे शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पंडाले भने– ‘नेपालमा शाओमी लन्च भएदेखि नै हामीले हाम्रा Mi फ्यानहरूबाट अप्रत्याशित माया र समर्थन पाएका छौँ । यसले हामीलाई हाम्रा उत्पादनमा उच्च मापदण्डहरू सेट गर्न सँधै प्रोत्साहित गरेको छ । दशैँलाई लक्षित गर्दै शाओमीले यो चाडपर्वको मौसममा आफ्ना ग्राहकको केही नयाँ किन्न र आफ्ना प्रियजनसँग रमाइलो गर्दै मनाउने इच्छालाई पूरा गर्न यो विशेष अफर ल्याएको छ ।’

अफरहरू १६ भदौ २०७९ देखि १४ असोज २०७९ सम्म मान्य र अनलाइन बजार दराज र सस्तो डिलमा पनि लागु हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *