मिटरब्याज पीडित पुनः उत्रिए प्रदर्शनमा (तस्वीरसहित)

काठमाडौँ । देशभरबाट काठमाडौँ आएका मिटरब्याज पीडित पुनः प्रदर्शनमा उत्रिएका छन् ।

बिहीवार काठमाडौँको माइतीघरबाट सुरु भएको प्रदर्शन सहिदगेट, जमल, हात्तीसार, नागपोखरी हुँदै भाटभटेनी पुगेको थियो ।

प्रदर्शनमा मिटरब्याज पीडितहरूका अलावा बृहत नागरिक आन्दोलनबाट खगेन्द्र सिटौला लगायत अन्य विभिन्न व्यक्तिहरूको समेत उपस्थिति थियो ।

प्रदर्शनकारीहरू बालुवाटारस्थित प्रधानमन्त्री निवास जाने कार्यक्रम रहेको भएपनि प्रहरीले उनीहरूलाई भाटभटेनीमै रोकेको थियो ।

तस्वीरः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *