नागरिकता विधेयक राष्ट्रिय सभामा पेस

काठमाडौँ । विधायन व्यवस्थापन समितिले नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ सम्बन्धी प्रतिवेदन राष्ट्रियसभामा पेस गरेको छ ।

बिहीबार बसेको राष्ट्रियसभा बैठकमा समितिका ज्येष्ठ सदस्य नारायण दत्त मिश्रले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भई प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त नागरिकता विधेयक सम्बन्धी प्रतिवेदन पेस गरेको हो ।

समितिमा उक्त विधेयकमाथि दुई दिन छलफल भई हुबहु पारित भएको थियो । विधेयकमा सम्बन्धमा भएको छलफलका क्रममा गृहमन्त्री, कानुन मन्त्रालय लगायत सबै सरोकारवालाहरूसँग छलफल गरेको मिश्रले जानकारी दिए ।

त्यस्तै बैठकमा प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त कारागार विधेयक २०७६ सम्बन्धी प्रतिवेदन पेस गरिएको थियो भने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिका सदस्य देवेन्द्र दाहालले समितिको वार्षिक प्रतिवेदन २०७६ र एकीकृत प्रतिवेदन २०७९ पेस गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *