विद्यालय कर्मचारीले न्युनतम तलब पाउने, परिषद् र मन्त्रालयबिच सहमति

काठमाडौँ । सामुदायिक विद्यालय कर्मचारी परिषद्, शिक्षक महासंघ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबिच सहमति भएकाे छ ।

बुधबार बसेको त्रिपक्षीय वार्तापछि विद्यालय कर्मचारीलाई न्यूनतम तलब दिने सहमति भएको हाे । सहमतिसँगै अब विद्यालय कर्मचारी सहायक (लेखापाल)ले नायव सुब्बा सरह र विद्यालय सहयोगीहरूलाई श्रेणीविहीन सरहको तलब दिइने सहमति भएकाे छ ।

यसअघि भएका सहमतिहरूमा पनि अर्थमन्त्रालयले बजेट नदिएकोले समस्या भएको भन्दै अर्थमन्त्रालयसहित वार्तामा हुनुपर्ने परिषद्काे अडान छ । परिषद्काे अडानपछि शुक्रबार अर्थमन्त्रालयसहित पुनः वार्ता हुने परिषद्ले जनाएकाे छ ।

परिषद्ले विद्यालय कर्मचारी सहायक (लेखापाल) हरूका लागि ३६ हजार ७३० रुपैयाँ, विद्यालय सहयोगीहरूका लागि २६ हजार २१० रुपैयाँको तलब ग्यारेन्टी गर्नुपर्ने, सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरूलाई दरबन्दीमा समायोजन गरी स्थायी बनाउनुपर्ने लगायतका माग राखेर भदौ १ गतेदेखि आन्दोलन सुरु गरेकाे थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *