बालेनकाे अभियान साइनबाेर्डतिर साेझियाे, वर्ल्ड ट्रेड सेन्टरबाट हट्याे डिजिटल बाेर्ड
२०७९ भदौ १६ गते

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरबाट डिजिटल बाेर्ड हटाएकाे छ ।
सेन्टरले मापदण्डविपरीत डिजिटल बोर्ड राखेकाे भन्दै महानगरले उक्त बाेर्ड हटाएकाे हाे ।
महानगरपालिकाबाट गएकाे प्रहरी टाेलीले उक्त बोर्ड हटाएकाे हाे । मेयर बालेन्द्र शाहकाे निर्देशनपछि प्रहरी टाेली उक्त अनियानमा खटिएकाे शाहका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए ।
नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेसहितको टोली ट्रेड सेन्टर गएको हाे ।
२०७९ भदौ १६ गते
प्रतिक्रिया
सम्बन्धित








