२ वटा प्रश्नकाे उत्तर दिएर बाहिरिए चाेलेन्द्र
२०७९ भदौ १६ गते

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग महाभियाेग सिफारिस समितिले बिहीवार २ वटा मात्रै प्रश्न साेधेकाे छ ।
विहान ११ बजे समितिकाे बैठकस्थल सिंहदरबारमा पुगेका जबराले झण्डै २ घण्टामा २ वटा प्रश्नकाे जवाफ दिएका हुन् ।
महाअभियोग सिफारिस समितिले ४४ वटा प्रश्न तयार पारेकोमा हिजाे र आज गरी ६ वटा प्रश्न साेधी भ्याएकाे छ । समितिकाे अर्को बैठक १९ गते बस्नेछ ।
२०७९ भदौ १६ गते
प्रतिक्रिया
सम्बन्धित








