युभेन्ट्स २-० ले विजयी

काठमाडौँ । इटालियन सिरी ए अन्तर्गत युभेन्टसले स्पेजियामाथि जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा युभेन्टसले स्पेजियालाई २-० गोल अन्तरले पराजित गरेको हो ।

युभेन्टसको जितमा दुसान भ्लाहोभिक र अर्काडीउस्ज मिलिकले एक एक गोल गरेका थिए । युभेन्टसको यस सिजनमा यो दोस्रो जित हो । अहिलेसम्म ४ खेलमा २ जित र २ बराबरी खेलेको युभेन्टसको ८ अंक छ र लिगमा चौथो स्थानमा रहेको छ ।

त्यस्तै स्पेजियाको यस सिजनमा यो दोस्रो हार हो । स्पेजियाको यो खेलपछि एक जित, एक बराबरी र २ हारसहित ४ अंक रहेको छ र लिगमा १३औं स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *