लिभरपुलको पूनरागमन जित

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले न्युक्यासलविरुद्ध कमब्याक जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा लिभरपुलले न्यूक्यासलविरुद्ध २-१ गोल अन्तरले जित हासिल गरेको हो ।

लिभरपुललाई खेलको ९८औँ मिनेटमा फाबिओ कार्भालहोले निर्णायक गोल गर्दै जिताएका हुन् । यस अघि न्यूक्यासलले खेलको ३८औँ मिनेटमा अलेक्जेन्डर इसकको गोलमा अग्रता हासिल गरेको थियो । तर खेलको ६१औँ मिनेटमा रोबेर्टो फिर्मिनोले गोल गर्दै लिभरपुललाई खेलमा फर्काएका थिए ।

यस सिजनमा लिभरपुलको यो दोस्रो जित हो । अहिलेसम्म ५ खेलमा २ जित, २ बराबरी र एक हारसहित लिभरपुलको ८ अंक रहेको छ । त्यस्तै न्यूक्यासलको भने यस सिजनमा यो पहिलो हार हो । अहिलेसम्म ५ खेलमा एक जित, ३ बराबरी र एक हारसहित न्युक्यासलको ६ अंक रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *