लगातार पाँचौँ जित निकाल्दै आर्सनल शीर्ष स्थानमा यथावत्

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले लगातार पाँचौँ जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा आर्सनलले एस्टन भिल्लालाई २-१ गोल अन्तरले पराजित गर्दै यस सिजनमा अपराजित रहेको छ ।

आर्सनललाई जित दिलाउनेक्रममा गाब्रियल जिसस र गाब्रियल मार्टिनेलीले एक एक गोल गरेका थिए । त्यसैगरी एस्टन भिलाका लागि डगलस लुइजले एक गोल गरेका थिए ।

आर्सनलको यस सिजनमा खेलेका पाँच खेलमा शतप्रतिशत जित निकालेको छ । यो जितपछि आर्सनलको ५ खेलमा १५ अंक भएको छ र अंक तालिकामा शीर्ष स्थानमा रहेको छ ।

त्यस्तै एस्टन भिल्लाले भने यस सिजनमा चौथो हार बेहोरेको छ । भिल्लाको ५ खेलमा ३ अंक रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *