हालान्डको ह्याट्रिकमा सिटीको सानदार जित

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले नोटिङघम फरेस्टविरुद्ध आधा दर्जन गोल गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले नोटिङघम फोरेस्टलाई ६-० गोल अन्तरले पराजित गरेको हो ।

सिटीको जितमा इर्लिंग हालाण्डले ह्याट्रिक गरेका थिए । प्रिमियर लिगमा हालाण्डको यस सिजनमा यो लगातार दोस्रो ह्याट्रिक हो । सिटीकालागि जुलियन अल्भारेजले दुई गोल गरेका थिए भने जोआओ क्यान्सेलोले एक गोल गरेका थिए ।

यो जितपछि म्यानचेस्टर सिटीको ५ खेलमा १३ अंक रहेको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै नोटिङघम फरेस्टको भने ५ खेलमा ४ अंक रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *