काठमाडौँका १० वटै क्षेत्रबाट एमालेका उम्मेदवार सिफारिस (सूचीसहित)

काठमाडौँ । नेकपा एमालेले काठमाडाैँका १० वटै क्षेत्रबाट प्रतिनिधसभा सदस्यका उम्मेदवार सिफारिस भएका छन् ।

काठमाडौँ जिल्ला कमिटीले दशवटै क्षेत्रबाट उम्मेदवार सिफारिस गरेकाे हाे । जिल्ला पदाधिकारी बैठकले प्रतिनिधिसभातर्फ उम्मेदवारको नाम सिफारिस गर्न वुधबार एकै समयमा क्षेत्रीय कमिटी बैठक आह्वान गरेको थियो ।

सिनियर नेताहरू रघुजी पन्त र कृष्णगोपाल श्रेष्ठ सिफारिसमा परेका छन् । त्यस्तै, काठमाडौँ महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्यको नाम दुई क्षेत्रबाट सिफारिस भएको छ ।

प्रतिनिधिसभामा एमालेबाट काठमाडौँका १० वटा क्षेत्रमा सिफारिस भएका उम्मेदवारः

१ः विदुर मैनाली, रूपनारायण श्रेष्ठ, टीकाराम भट्टराई

२ः मणीराम फुयाल

३ः कृष्ण राई

४ः डा. राजन भट्टराई, निर्मल कुइकेल

५ः ईश्वर पोखरेल

६ः योगेन्द्र संग्रौला, लेखनाथ फुयाल, कल्पना रिजाल, प्रेमराज सिलवाल, माता प्रताप थापा, मीना थापा, हरिशरण तिमल्सिना

७ः इन्दिरा पन्त, विपी ढकाल, श्याम घिमिरे, विद्यासुन्दर शाक्य, रघुजी पन्त

८ः राजेश शाक्य

९ः कृष्णगोपाल श्रेष्ठ, विद्यासुन्दर शाक्य, अजय क्रान्ति शाक्य

१०ः विनोद श्रेष्ठ, शरब महर्जन, रमेश महर्जन, सुरेन्द्र मानन्धर, शम्भुराम महर्जन

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + twenty =