गगन थापा कास्की १ बाट चुनाव लड्ने

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापा कास्की १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने भएका छन् ।

उनले कास्की जिल्ला क्षेत्र नं. १ बाट संघीय प्रतिनिधिसभा प्रत्यक्षतर्फ उम्मेदवार हुने मनोनयन दरखास्त फारम भरेका हुन् । उनले नेपाली कांग्रेस कास्कीका सचिव भानु ढकालमार्फत् (हस्ते) दरखास्त दिएका हुन् ।

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाको कास्की जिल्ला क्षेत्र नं- १ संघीय प्रतिनिधि सभा प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गर्दै, नेपाली कांग्रेस कास्कीका सचिव भानु ढकाल र नेपाली कांग्रेस कास्की क्षेत्र नं- १ का सभापति राजेन्द्रमणि लामिछाने ।

उनी यसअघि काठमाडाैँ क्षेत्र नं. ४ बाट चुनाव लड्दै आएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *