गगन थापा कास्की १ बाट चुनाव लड्ने
२०७९ भदौ १५ गते

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापा कास्की १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने भएका छन् ।
उनले कास्की जिल्ला क्षेत्र नं. १ बाट संघीय प्रतिनिधिसभा प्रत्यक्षतर्फ उम्मेदवार हुने मनोनयन दरखास्त फारम भरेका हुन् । उनले नेपाली कांग्रेस कास्कीका सचिव भानु ढकालमार्फत् (हस्ते) दरखास्त दिएका हुन् ।

उनी यसअघि काठमाडाैँ क्षेत्र नं. ४ बाट चुनाव लड्दै आएका थिए ।

२०७९ भदौ १५ गते
प्रतिक्रिया
सम्बन्धित








