समितिलाई बयान दिँदै चाेलेन्द्रले भने – कार्कीलाई प्रधानन्यायाधीश बनाउन याे सब गरिँदै छ

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले कामु प्रधानन्यायाधीश दीपक कुमार कार्कीलाई प्रधानन्यायाधी बनाउन आफूमाथि महाभियोग थोपरिएको बताएका छन् ।

संसदको महाभियोग सिफारिस समिति समक्ष बयान दिन उपस्थित भएका जबराले आफू पछाडिको व्यक्तिलाई प्रधानन्यायाधीश बनाउन ‘यो सबै खेल’ रचिएको बताएका हुन् ।

समिति समक्ष उनले भने, ‘म पछाडिको व्यक्तिलाई प्रधानन्यायाधीश बनाउन खोजिएको छ । त्यसका लागि मलाई महाअभियोग लगाइयो ।’

त्यस्तै, उनले यस्तो प्रस्ताव आफूकहाँ पनि आएको बताउँदै आफूले यस्तो तरिकाले न्यायपालिका चल्दैन भनेर अस्वीकृत गरिदिएको बताएका छन् । उनले भने, ‘म कहाँ पनि ३-४ वटा प्रस्ताव आएका थिए, मैले यसरी न्यायपालिका चल्दैन भनेर अस्वीकार गरेको हु । दीपक कार्कीलाई प्रधानन्यायाधीश बनाउन यो सब गरिएको हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *