समितिले चोलेन्द्रसँग बयान लिन सुरु गर्‍याे

काठमाडौँ । निलम्बिल प्रधानन्यायाधीश चाेलेन्द्र शम्शेर जबरासँग महाअभियोग सिफारिस समितिले बयान सुरु गरेकाे छ ।

जबरासँग बन्द कोठाभित्र बयान लिन सुरु भएकाे हाे । महाअभियाेग समितिभित्र बन्द काेठमा बयान लिने खुला भन्नेमा छलफल हुँदा केही समय ढिला गरी बयान लिन थालिएकाे हाे ।

आफूमाथि लागेको आरोपबारे बयान दिन जबरा ११ बजे नै सिंहदरबार पुगे पनि झण्डै १ बजेबाट उनकाे बयान सुरु भएकाे हाे । गत फागुन १ गते सत्तारूढ दलका सांसदहरूले जबरामाथि महाभियोग प्रस्ताव दर्ता गराएका थिए । तत्पश्चात उनी स्वतः निलम्बनमा परेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *