बयान दिन सिंहदरबार पुगे चोलेन्द्र !

काठमाडाैँ । निलम्बित प्रधान्यायाधीश चोलेन्द्रशमशेर जबरा सिंहदरबार पुगेका छन् । आफूविरुद्ध लागेकाे आराेपहरूबारे जवाफ दिन उनी त्यहाँ पुगेका हुन् । उनीसँग महाभियाेग सिफारिस समितिले बयान लिँदैछ ।

उनीहरूलाई संसद् सचिवालयका मर्यादापालकहरूले सुरक्षा दिँदै भित्रसम्म पुर्‍याएका छन् । उनलाई संघीय संसद्का महासचिवको कार्यकक्ष नजिकको कक्षमा राखिएको छ । समितिको बैठक अब केहीबेरमा शुरू हुने समितिका सदस्य एकवाल मियाँले मकालुखबरलाई बताए ।

गत फागुन १ गते सत्तारुढ सांसदहरूले महाभियोग दर्ता गराएपछि उनी स्वतः निलम्बनमा परेका थिए । उनकाे आज समितिले बयान लिँदै छ । समितिले उनलाई आराेपहरूबारे प्रश्न गर्नेछ । जसकाे जवाफ उनले लिखित एवम् माैखिकरूपमा दिने सूत्रहरूले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *