स्थानीय निर्वाचनमा अन्तर्घात गरेकाे भन्दै मन्त्री थापासहित कांग्रेस नेताहरुमाथि कारबाहीको माग

पोखरा । वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा अन्तर्घात गरी आफूलाई पराजित गरेको आरोप लगाउँदै कांग्रेसबाट पोखरा ८ मा अध्यक्षकी प्रत्याशी शारदा गिरीले मन्त्री सहित नेताहरूमाथि कारबाहीको माग गरेकी छन् । उनले केन्द्रीय सभापति शेरबहादुर देउवालाई पत्र लेखेर कारबाहीको माग गरेकी हुन् ।

उनको पत्रमा गण्डकी प्रदेशका कानुन मन्त्री तथा महाधिवेशन प्रतिनिधि विन्दुकुमार थापा सहित नेताहरू वीरेन्द्रनारायण बिजुक्छे, सुवास सिग्देल, रमेश प्रसाद बराल र गीता पंगेनीलाई कारबाही गर्न माग गरिएको छ । गिरी लगातार २ पटक पोखरा ८ को टिकट पाएर पनि वडाध्यक्षमा पराजित भएकी थिइन् ।

कांग्रेसले यहाँ माओवादी सहित ५ दलसँग गठबन्धन गरेर चुनावमा सहभागी भएको थियो । गिरी भने झन् बढी मतान्तरले पराजित भइन् । नेताहरूले मोलाहिजा गर्ने र पार्टीमाथि अपमानको काम गरेको आरोप उनको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *