भिडिओ प्रकरणमा बस्नेतको सचिवालय भन्छ – माननीयज्यूकाे चरित्रहत्या भयाे, मुद्दा हाल्छाैँ

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट युवा संगठन वाईसीएलबाट महेश बस्नेत लखेटिएको भन्दै सामाजिक सञ्जालमा सेयर भइरहेकाे भिडिओबारे बस्नेतकाे नीजि सचिवालयले प्रष्टीकरण दिएकाे छ ।

सचिवालयले भिडियो नक्कली रहेकाे भन्दै भिडिओले सांसद महेश बस्नेतकाे चरित्र हत्या भएकाे बताएकाे छ । मकालुखबरसँगकाे कुराकानीमा बस्नेतका स्वकीय सचिव दिनेश थापाले नेकपा माओवादीनिकट युवा संगठन वाईसीएलले सांसद बस्नेतकाे चरित्र हत्या गर्न खाेजेकाे बताए । उनले भने, ‘हामी उजुरी दिन साइबर ब्यूराे जाँदैछाैँ ।’

माओवादी केन्द्रकै कार्यकर्ताबिच केही महिना अगाडि भएको तनावको भिडिओ राखेर चरित्र हत्याको प्रयत्न गरिएकाले उजुरी दिने तयारी गरिएकाे उनले बताए ।

उक्त भिडिओ स्थानीय चुनावताकाको भएकाे बुझिएकाे छ । भिडियोमा सांसद महेश बस्नेतजस्तै देखिने व्यक्ति सिन्धुपाल्चोकको चौतारा साँगाचाेकगढी नगरपालिकाका वर्तमान मेयर कृष्णप्रसाद सापकोटा रहेकाे बताइएकाे छ ।

भिडियोबारे बुझ्न सापकाेटासँग मकालुखबरले गरेकाे सम्पर्क प्रयास भने असफल भएकाे छ ।

अहिले भिडियो विभिन्न सामाजिक सञ्जालमा ‘वाईसीएलबाट लखेटिए महेश बस्नेत’ तथा ‘बालेन समर्थकले लखेटे महेश बस्नेतलाई’ जस्ता शीर्षकमा सेयर भइरहेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + thirteen =