बौद्ध ग्यास बिस्फाेटका घाइतेहरूलाई भोटेकोसी गाउँपालिकाकाे सहयाेग

काठमाडौँ । काठमाडौँको बौद्धमा ग्यास पड्केर घाइते भएकाहरूलाई सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाले आर्थिक सहयोग गरेको छ ।

केही दिन अघि सो क्षेत्रमा ग्यास लिक भई पड्कँदा सिन्धुपाल्चोक स्थायी घर भएका ५ जना, दोलखा घर भएका १ जना र भोजपुर घर भएका १ जना घाइते भएका थिए । अग्निपीडितहरूको उपचारमा समस्या भएपछि कांग्रेस नेता मोहन बहादुर बस्नेतको पहलमा घाइतेहरूलाई गाउँपालिकाको तर्फबाट १–१ लाख रुपैयाँ हस्तान्तरण गरिएको हो ।

त्यस्तै घटनामा गम्भीर घाइते दुई जनालाई भोटेकोसी गाउँपालिकाका आमा समूहले थप २५–२५ हजार उपलब्ध गराएका थिए । सहयोग हस्तान्तरण कार्यक्रममा कांग्रेस नेता बस्नेतले आगलागीबाट सिन्धुपाल्चोकका पाँच जना र अन्य स्थानका व्यक्ति पनि घाइते भएको र घाइतेहरूको ग्यास पड्केको कोठामा बस्ने व्यक्तिले नै बेहोरेको पाइएपछि सहयोग गरिएको जानकारी दिए ।

मानवीय संवेदनशीलतालाई ख्याल गरी गाँउपालिकाहरूसँग छलफल गरी तत्कालका लागि आर्थिक सहयोग गरिएको उनको भनाई छ ।

बौद्धमा ग्यास पड्केर घाइते भएका मध्ये दुई जनाको शरीर ४० प्रतिशत भन्दा बढी जलेको छ । सबै घाइतेहरूको काठमाडौँको सुषमा कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =