अवहेलना मुद्दामा मेयर बालेनसँग सर्वोच्चले माग्यो जवाफ (आदेशसहित)
२०७९ भदौ १३ गते

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)सँग सर्वोच्च अदालतको जवाफ मागेको छ । अवहेलना मुद्दामा अदालतले मेयर शाहसँग जवाफ मागेको हो ।
सोमबार न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले बालेनसँग लिखित जवाफ माग गरेको हाे । नर्भिकले नियम मिचेर बनाएका संरचना भत्काउन सर्वोच्चले रोक लगाएपछि बालेन्द्रले ‘नक्सा पास र कारबाहीको अधिकार पनि सर्वोच्चलाई नै दिउँ’ भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेका थिए ।
सर्वोच्चको आदेशसँगै नर्भिकका संरचना भत्काउन पाएका थिएनन् । त्यसपछि उनको प्रतिक्रियामा आपत्ति जनाउँदै अधिवक्ता दीपकराज जोशी लगायतले उनीविरुद्ध सर्वोच्चको लना गरेको भन्दै रिट दायर गरेका थिए ।
नर्भिक अस्पतालको संरचना तत्काल नहटाउन सर्वोच्चले आदेश दिएपछि मेयर बालेन्द्रले लेखेको स्टाटसलाई लिएर उनीविरुद्ध मुद्धा परेको थियो ।

२०७९ भदौ १३ गते
प्रतिक्रिया
सम्बन्धित








