आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याएर इतिहास रच्छ : नेता महासेठ
२०७९ भदौ १३ गते

फाइल
काठमाडौँ । नेकपा (एमाले) का सचिव रघुवीर महासेठले आगामी निर्वाचनमा आफ्नो पार्टीले एक्लै बहुमत ल्याएर इतिहास रच्ने दाबी गरेका छन् ।
उनले एमालेबाहेक यो देशका कुनै पनि शक्तिले राष्ट्रियता र स्वाभिमान बचाउन नसक्ने टिप्पणी समेत गरे । रिपोर्टर्स क्लब नेपालले सोमबार काठमाडौँमा आयोजना गरेको साक्षात्कारमा बोल्दै महासेठले अहिलेको पाँच दलीय गठबन्धनलाई राष्ट्रघातीहरूको संज्ञा दिए ।
उनले अहिलेको सत्ता गठबन्धन देश र जनताअनुकुल नभएको तथा लोभी पापीहरू र राष्ट्रघातीहरूको गठबन्धन आरोप लगाए । महासेठले वर्तमान गठबन्धनको सरकारले देशको सारा जलस्रोत चुनावभन्दा अघि नै यसरी नै सिद्ध्याउने त होइन ? भन्दै प्रश्न गरे ।
उनले गठबन्धनका नेताहरू प्रचण्ड र माधव नेपालहरूले कांग्रेसको पुच्छर समातेर बैतर्नी तर्न खोजेको पनि बताए ।
२०७९ भदौ १३ गते
प्रतिक्रिया








