नागरिकतामा प्रादेशिक पहिचानको व्यवस्था गर्ने सरकारकाे प्रतिबद्धता
२०७९ भदौ १३ गते

फाइल
काठमाडाैँ । सरकारले प्रादेशिक पहिचानसहितको नागरिकताको व्यवस्था गर्ने प्रतिबद्धता जनाएकाे छ ।
विधायन समितिकाे बैठकमा बोल्दै गृहमन्त्री बालकृष्ण खाँणले प्रादेशिक पहिचानकाे विषय अहिले पनि सम्बोधन गर्न सकिने बताएका हुन् ।
उनले भने, ‘म यो प्रतिबद्धता व्यक्त गर्न चाहन्छु । यो ऐन अन्तर्गत नागरिकता जारी हुँदा प्रादेशिक पहिचान खुल्ने गरी एकल संघीय नागरिकता जारी हुने प्रबन्ध गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’
त्यस्तै, गृहमन्त्रीले बाबुको पहिचान नखुलेको कुरा स्वघोषणा कार्यालयमा जानकारी गराउने प्रावधान रहेकाे समेत बताए । उनले यस्ताे स्वघाेषणा नागरिकतामा नभइ दरखास्तमा हुने बताए ।
उनले कुनै पनि दिदीबहिनी र आमाको स्वाभीमानमा ठेस नलागोस् भन्नेमा सरकार सदैव सतर्क रहेकाे समेत बताए ।
२०७९ भदौ १३ गते
प्रतिक्रिया








