संसद्‌मै कांग्रेस सांसदले भने- ‘गठबन्धन जनताप्रतिकाे बेइमानी हाे, ताेडाैँ’

काठमाडाैँ । नेपाली कांग्रेसका सांसद पार्वता डीसी चाैधरीले वर्तमान गठबन्धनले कसैलाई फाइदा नगर्ने बताएका छन् । साेमबार बसेकाे संसद् बैठकमा भाग लिँदै उनले भनेकी छन् । ‘माओवादी र कांग्रेसकाे अपवित्र चुनावी गठबन्धनले न त देशकाे हित गर्छ, न पार्टीकाे हित गर्छ । यसले दुवै पार्टीलाई भलाे गर्दैन । याे अपवित्र गठबन्धन गर्नु जनतासँगकाे बेइमानी पनि हाे । नेपाली कांग्रेसलाई बचाउन याे अपवित्र गठबन्धनलाई ताेडी कांग्रेस एक्लै चुनावमा जाने घाेषणा गर्नुस् । २०६४ मा १८ सिट जितेकाे कांग्रेस ७० मा ठूलाे पार्टी बन्न पुग्याे । ७४ मा त्यही सिटमा हामी छाैँ । ०८९ काे मंसिर ४ मा हुने चुनावमा कांग्रेस ठूलाे पार्टी बन्नबाट कसैले राेक्न सक्दैन । हिम्मत गर्नुस्, आँट गर्नुस् । जीवनकाे अन्तिम राम्राे काम गर्नुस्,’ उनले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =