त्रिविकाे तालाबन्दीलगायतका समस्या समाधान गर्न सभामुखकाे ‘रुलिङ्ग’
२०७९ भदौ १३ गते

काठमाडाैँ । सभामुख अग्निप्रसाद सापकाेटाले त्रिभुवन विश्वविद्यालयमा देखिने विभिन्नखाले समस्याहरू समाधान गर्न रुलिङ्ग गरेका छन् । साेमबार बसेकाे प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले त्रिविमा हुने गरेकाे तालाबन्दीलगायतका विषयहरूमाथि प्रश्न उठाउँदै बैठक अवरुद्ध गरेपछि सभामुख सापकाेटाले नेपाल सरकारलाई रुलिङ्ग गरेका हुन् । ‘त्रिभुवन विश्वविद्यालयमा हुने गरेकाे तालाबन्दीलगायतका विषयहरूले शैक्षिक क्रियाकलापहरूमा असर परेकाे छ । यी समस्याहरू तत्कालै समाधान गर्न म नेपाल सरकारलाई निर्देशन दिन्छु,’ सभामुख सापकाेटाले भनेका छन् ।
एमाले सचिवसमेत रहेका सांसद प्रदीपकुमार ज्ञवालीले भने— यी सबै रमिताहरूलाई प्रमुख प्रतिपक्ष दल हेरेर बस्न सक्दैन ।
२०७९ भदौ १३ गते
प्रतिक्रिया
सम्बन्धित








