विधायन समितिको बैठकमा नागरिकता विधेयकमाथि छलफल हुने
२०७९ भदौ १३ गते

काठमाडौँ । विधायन व्यवस्थापन समितिको बैठकमा नागरिकता विधेयकमाथि छलफल हुँदैछ । मध्यान्न १२ बजे बस्ने गरी बोलाइएको बैठकमा विधेयकमाथि छलफल हुने भएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता पठाएको विधेयकमाथि छलफल गर्नका लागि विधायन समितिको बैठक बोलाइएको हो । समितिमा व्यापक छलफलपछि पारित गर्ने तयारी छ । ‘छलफल गर्छौँ, एकदिनले नभए २/३ दिनसम्म छलफल गर्छौँ र पारित गर्छौँ । अड्काइराख्दैनौँ,’ समितिका जेष्ठ सदस्य नारायण दत्त मिश्रले भने ।
बैठकमा गृहमन्त्री बालकृष्ण खाँण, गृहसचिव टेकनारायण पाण्डे, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटालाई छलफलका लागि बोलाइएको छ । नागरिकता विधेयक प्रतिनिधिसभाबाट हुबहु पारित भइसकेको छ ।
२०७९ भदौ १३ गते
प्रतिक्रिया
सम्बन्धित








