अछाम २ प्रदेश ‘ख’मा एकीकृत समाजवादीबाट भण्डारीको नाम सिफारिस

काठमाडौं । अछाम क्षेत्र नम्बर २ प्रदेश ख मा शंकर भण्डारी सिफारिस भएका छन् । आइतबार सम्पन्न नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी अछामको  बैठकले भण्डारीलाई उम्मेदवार सिफारिस गरेको हो ।

पार्टीको केन्द्रीय कमिटी सदस्य समेत रहेका भण्डारी बौद्धिक नेता मानिन्छन् । कमलबजार नगरपालिका वडा नम्बर ६ स्याउलेमा जन्मिएका उनी हाल ३९ वर्षका भए ।  प्रखर वक्ताको समेत छवि बनाएका भण्डारी सानैदेखि तीक्ष्ण बुद्धिका थिए । प्रायः जसो कक्षामा प्रथम भइरहने उनी एसएलसीमा भने जिल्लाकै तेस्रो उत्कृष्ट विद्यार्थी बनेका थिए ।

हाल उनी एनएसयू यूनिभर्सिटीबाट पिएचडी गरिरहेका छन् । यससँगै उनको अध्ययनशील जीवनशैली थप प्रेरणादायी छ ।  विश्वका झण्डै दुई दर्जन बढी देशको भ्रमण गरिसकेका नेता भण्डारीका राष्ट्रियस्तरमा पत्रपत्रिका र अनलाइनहरूमा लेख प्रकाशित छन् भने दर्जनौं टेलिभिजनमा अन्तर्वार्ता समेत प्रसारण भइसकेका छन् ।

सानैदेखि राजनीतिक क्षेत्रमा सक्रिय  नेता भण्डारी समाजसेवामा समेत उत्तिकै सक्रिय छन् । उनले विश्वभर महामारीका रुपमा फैलिएको कोरोना कहरमा अछाम लगायत देशका विभिन्न क्षेत्रमा सहयोग तथा सामाजिक सेवाको कार्य गरेका थिए ।

अछाम क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभातर्फ नमराज न्यौपाने र देवेन्द्र बुढा सिफारिस भएका छन् । भने क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर सिफारिस भएका छन् ।

सरकारले आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको मिति घोषणा गरेको छ । निर्वाचनको मिति घोषणा भएसँगै  पार्टीका कमिटीहरूले उम्मेदवारको नाम सिफारिस गरिरहेका छन् । यद्यपि सत्ता गठबन्धन आगामी निर्वाचनसम्म अघि बढ्ने भएपछि सिट बाँडफाँटको टुंगो लागेपछि मात्रै उम्मेदवार सिफारिसले अन्तिम रूप प्राप्त गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *