थप २०२ जनामा कोरोना संक्रमण, १ काे मृत्यु
२०७९ भदौ १२ गते

काठमाडौँ । नेपालमा थप २ सय २ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
देशभर गरिएको २ हजार ६४ पिसिआर परीक्षणका क्रममा १ सय ६४ जना र १ हजार ७ सय ६९ एन्टीजेन परीक्षणका क्रममा ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ भने थप ४ सय ६२ संक्रमित निको भएका छन् ।
हाल नेपालमा ३ हजार ३ सय १३ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
२०७९ भदौ १२ गते
प्रतिक्रिया
सम्बन्धित








