सरकारले तीन बुँदे कार्यान्वयन नगरे आन्दोलनमा जान्छाैँ : धर्मेन्द्र बाँस्ताला

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले सरकारले तीन बुँदे सहमति कार्यान्वयन नगरे आन्दोलनमा जाने चेतावनी दिएको छ ।
आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै नेकपा बहुमतले यसअघि सरकारले आफूहरूसँग गरेको सहमति राज्य पक्षबाट उलङ्घन भइरहेको भन्दै सहमति कार्यान्वयन नभए आन्दोलन गर्ने चेतावनी दिएको हो । पत्रकार सम्मेलनमा पार्टीका संयोजक धर्मेन्द्र बास्तोलाले तत्कालीन नेकपा र सरकारबिच भएको सहमतिप्रति सरकार गैर जिम्मेवार भएको पेस भएको बताए ।
उनले सरकारले सहमति कार्यान्वयन गर्नेभन्दा षड्यन्त्रमा लागेको बताउँदै सडक संघर्षमा जाने चेतावनी दिए ।
संयोजक बास्तोलाले सहमतिबाट पछि हटेर सरकारले ३२२ मुद्दा फिर्ता लिन नसकिने बताएको जिकिर गरे । त्यस्तै उनले संयोजक बास्तोलाले प्रदेश र संघको चुनाव आफ्नो पार्टीले बहिस्कार गर्ने बताए ।
अहिलेको व्यवस्थामा हुने चुनावले जनताका समस्या समाधान नगर्ने र दलाल संसदीय व्यवस्था रहेसम्म हुने चुनावको नतिजा पनि दलालकै पक्षमा हुने उनले बताए । त्यस्तै उनले भारतीयलाई नागरिकता दिन नागरिकता विधेयक ल्याएको बताउँदै खारेज गर्नुपर्ने धारणा राखे ।
धन कमाएका सरकारका उच्च अधिकारीले मिटरब्याजी भएको आफ्नो पार्टीलाई सूचना आइरहेको बताउँदै त्यस्तालाई कारबाही गर्न सरकारसँग माग गरे ।








