भारतमा भत्काइयाे ३२ तले अवैध ट्विन टावर

काठमाडौँ । भारतको उत्तर प्रदेशस्थित नोयडामा कानुन विपरीत बनाइएका २ वटा टावर भत्काइएको छ ।

सुपर टेक नामक बिल्डर कम्पनीले निर्माण गरेका यी २ टावर अदालतको आदेशपछि भत्काइएका हुन् ।

एपेक्स र केयन नामक यी टावर भत्काउन ३ हजार ७ सय किलो विस्फोटक पदार्थ प्रयोग गरिएको भारतीय समाचार संस्था आजतकले जनाएको छ ।

भवन भत्काउँदा हुनसक्ने दुर्घटनालाई मध्यनजर गर्दै आसपासका ठाउँ खालि गरिएको थियो भने सडक बन्द गरिएकाे थियाे । त्यस्तै विद्युत् तथा ग्यासजस्ता विस्फोटक र प्रज्वलनशील इन्धनहरूसमेत हटाइएको थियो ।

सुपर टेकले भवन आचारसंहिताको गम्भीर उल्लङ्घन गरेको भन्दै भारतको सर्वोच्च अदालतले टावर भत्काउन आदेश दिएको थियो । भवन भत्काउन र भत्काएपछिको सफाइमा लाग्ने सबै खर्च कम्पनीलाई बेहोर्न समेत अदालतले आदेश दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =