माधवकाे दाबी- हामीले एमालेबाट विद्राेह नगरेकाे भए जनताका अधिकारहरू हनन भइसक्थे (भिडिओसहित)

काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले आफूहरूले एमालेबाट विद्राेह नगरेकाे भए देश प्रतिगमनकारी दिशामा गइसक्ने दाबी गरेका छन् । आइतबार काठमाडाैँमा आयाेजित एक कार्यक्रममा उनले भनेका छन्, ‘हामीले विद्राेह गर्नुपर्याे एमलाेबाट । हामीले विद्राेह नगरेकाे भए नेपालकाे राजनीति ठूला सुरुङभित्र हुन्थ्याे हाेला । प्रतिगामी दिशमा गइसकेकाे हुन्थ्याे । जनताका अधिकाहरू सबै हनन भइसक्ने थिए । कम्युनिष्ट आन्दाेलनमा कम्युनिष्टहरूले कलंककाे टीका लगाइसक्नुपर्ने थियाे ।’
उनले कम्युनिष्ट आन्दाेलनकाे पुन:गठन र रूपान्तरणका लागि आफ्नाे पार्टी एकीकृत समाजवादीले विशेष काम गरिरहेकाे पनि बताएका छन् । ‘त्यसाे हुनाले पार्टीकाे क्रान्तिकारीकरण गर्न, कम्युनिष्ट आन्दाेलनकाे रक्षा गर्न, यसलाई पुन:गठन गर्नुपर्ने आवश्यकता हामीले महसुस गर्याैँ र कम्यनिष्ट आन्दाेलनलाई पुन:गठन गर्नेमात्रै हाेइन, रूपान्तरण गर्नुपर्ने महसुस पनि गर्याैँ । कम्युनिष्ट आन्दाेलनकाे पुन:गठन गर्ने र रूपान्तरण गर्ने याे दुईवटा उद्देश्यलाई ध्यानमा राखेर, कम्युनिष्ट आन्दाेलनकाे उपादेयतालाई जनतामा स्थापित गरेर, कम्युनिष्ट पार्टी असल पार्टी हाे, जनताकाे पार्टी हाे, देशका निम्ति आवश्यक पार्टी हाे भन्ने कुरालाई जनताका माझ स्थापित गर्नका लागि हामी इमान्दारीताकाे राजनीति गर्न चाहन्छाैँ,’ उनले भनेका छन् ।
यस्तै उनले आफूहरूकाे राजनीति सधैँ जनताका लागि हुने दाबीसमेत गरेका छन् ।








