महेश बस्नेतले मेयर बालेनलाई भने, ‘जनताको पुर्ख्यौली सम्पत्ति भत्काउने तिम्रो कुनै अधिकार छैन’

काठमाडौँ । नेकपा एमालेका नेता तथा सांसद महेश बस्नेतले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहलाई फेरि गाली गरेका छन् ।

मेयर साहले नयाँ बानेश्वरको अल्फा बिटा कम्प्लेक्समा बनाइएको अवैध संरचना भत्काएसँगै नेता बस्नेतले विरोध गरिरहेका छन् ।

उनले फेसबुक पेजमा लेखेको स्टाटसमा मेयर साहले ‘तपाईंकै घरको नक्सा पास छ कि छैन’ भनेर लेखेपछि बस्नेत बालेन्द्रप्रति आक्रोसित छन् । उनले सामाजिक सञ्जालबाटै पटक पटक मेयर साहको आलोचना गरिरहेका छन् ।

शनिबार भक्तपुरमा भएको एक कार्यक्रममा पनि एमालेका नेता महेश बस्नेतले मेयर बालेन्द्र साहप्रति आक्रोस पोखेका छन् । उनले बालेन्द्र र उनका समर्थकसँग आफू जुध्न तयार रहेको पनि चेतावनी दिएका छन् ।

भक्तपुरमा भएको कार्यक्रममा नेता बस्नेतले भने, ‘नयाँ जोगीले धेरै खरानी घस्छ भन्छन्, त्यै भएर नयाँ जोगीहरुले धेरै खरानी घस्ने कुरा ठिकै होला तर हामी अनुभवीसँग सिक्नुभयो भने तपाईंहरुलाई विकासको मोडालिटीका बारेमा हाम्रा अनुभव शेयर गरौँला । वर्षौंदेखि मेहनत गरेर, दुख गरेर, छोराछोरीलाई खाडीमा पठाएर बनाएका जनताको पुर्ख्यौली सम्पत्ति भत्काउने तिम्रो कुनै तागत छैन, तिमीलाई कुनै अधिकार छैन । यो कुरा भनेबापत तिम्रा सुन्ड मुसुन्डहरुले मलाई गाली गर्छन् भने तिम्रा सुन्ड मुसुन्डहरुसँग हजारौँपटक जुध्न म तयार छु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *