सांसदहरुकै कारण जनआस्थामा विचलन आयो : पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठले संसद र सांसदहरुको भूमिकामाथि प्रश्न उठाएका छन् । काठमाडौँमा आयोजित ‘संविधान कार्यान्वयनः नयाँ संसदीय निर्वाचनको एजेण्डा’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले सरकारका सबै अंगहरु र संवैधानिक निकायहरुका काममाथि जनताले प्रश्न उठाउँदा समेत संसद र सांसदहरुले कुनै काम गर्न नसकेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे ।

सांसदहरु नागरिकप्रति जवाफदेही नभएको, उनीहरुले सरकार र संवैधानिक निकायका कामहरुमाथि उठाएका प्रश्नहरुको जवाफ दिन नसकेर रक्षात्मक अवस्था रहेको पूर्वप्रधानन्यायाधीश श्रेष्ठले टिप्पणी समेत गरे । संसद र सांसदहरुकै कारण जनआस्थामा विचलन आएको र राज्यका सबै अंगहरु क्षतविक्षत् अवस्थामा पुग्न लागेको उनको निष्कर्ष थियो ।

कार्यक्रममा राजनीतिक विश्लेषक एवम् प्राध्यापक कृष्ण खनालले देशमा परिवर्तन चाहने हो भने पटक–पटक प्रधानमन्त्री हुने खालका पात्रहरुलाई अवको चुनावबाट नागरिकले बिदाइ गर्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *