कांग्रेसले आसन्न निर्वाचनमा १ सय सिट भन्दा कम लिएर निर्वाचनमा जान सक्दैन : डा. शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसले आसन्न निर्वाचनमा १ सय सिट भन्दा कम लिएर गठबन्धन मार्फत निर्वाचनमा जान नसकिने बताएका छन।
अहिले देशको प्रतिकुल अवस्था रहेकाले गठबन्धनलाई स्विकारेर निर्वाचनमा जानुपरेको समेत प्रष्ट पारे। कोइरालाले भने कांग्रेस कमजोर छैन, एक्लै निर्वाचनमा जान सक्षम छ। तर परिस्थिति अनुकुल नभएकाले गठबन्धनमा जानुपरेको हो ।
नेपाली कांग्रेस मोरङ्ग क्षेत्र नं ६ ले सुन्दरहरैंचामा आयोजना गरेको १ दिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस नेता डा कोइरालाले गठबन्धनका अन्य पार्टीले दाबी गर्दैमा कुनै क्षेत्र छोड्न नसकिने स्पष्ट पारे। उक्त सिटमा दाबी गर्ने पार्टीको सांगठानिक अवस्था र जित्ने आधार हेरेर मात्रै सिट बाँडफाँड गरिनुपर्ने बताए।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यहरु डिला संग्रौला, रुक्मिणी कोइराला, दिनेश कोइराला पुर्व केन्द्रीय सदस्य गुरुराज घिमिरे, पुर्व आमन्त्रित केन्द्रीय सदस्य तेजप्रसाद सिटौला, क्षेत्रीय सभापति देवराज तामाङ्ग लगायत थिए ।








