नेपालको पहिचान मेटाउन खोज्नेहरु देशभित्र छन् : इश्वर पोखरेल (भिडिओसहित)

काठमाडौँ । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले नेपालको पहिचान मेटाउन खोज्ने बाह््य शक्तिको मतियार देशभित्रै रहेको बताएका छन् ।
शनिबार काठमाडौंको हाँडीगाउँमा लिच्छविकालीन सत्यनारायण मन्दिर परिसरमा रहेको पूनःनिमिर्तत सत्तलको उद्घाटन गर्दै पोखरेलले नेपालको पहिचालन सकिए मुलुकको अस्तीत्व नै सकिने भन्दै नेपालको पहिचान मेटाउन खोज्ने बाह््य शक्तिको मतियार देशभित्रै रहेको बताए ।
उहाले तत्कालको स्वास्थ पुरा गर्न जस्तो सुकै कुकर्म गर्न पनि तयार हुनेहरुप्रति सजक हुनुपर्ने समेत बताउनुभयो । पोखरेलले मुलुकको धर्म संस्कृति र पहिचान रक्षाका लागि दलीय स्वार्यलाई त्यागी सवै एकजुट हुनुपर्ने जिकिर गरे ।
कार्यक्रममा बागमती प्रदेश सांसद नारायण सिलवालले सम्पदाको पुननिर्माण ऐतिहासिक महत्वलाई नमेट्ने गरि गर्नुपर्ने र यसमा समाज पनि सजक हुनुपर्ने धारणा राखे ।
त्यस्तै काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोलले महानगरको ऐतिहासिक सम्पदा संरक्षका लागि समूदायसंग हातेमालो गर्दै अघि बढ्न बताइन् ।








