एमाले केन्द्रीय कमिटीको बैठक सुरु, ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल हुने
२०७९ भदौ ११ गते

काठमाडौँ । एमाले केन्द्रीय कमिटीको बैठक सुरु भएको छ ।
नेकपा एमाले केन्द्रीय कमिटीको बैठक सुरु बताइएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेर अघिबाट केन्द्रीय कमिटी बैठक सुरु भएको हो ।
शुक्रबारबाट सुरु भएको बैठकमा शनिबार अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल हुँदैछ। राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न ९ समूह विभाजन गरिएको छ।

बैठकमा अध्यक्ष ओलीले नागरिकता, गठबन्धन सरकार, पालिका चुनावदेखि मंसिरमा हुने संघ र प्रदेशको चुनावी तयारीसम्मका विषय समेटेर प्रतिवेदन पेस गरेका थिए।
एमाले प्रचार विभागका अनुसार प्रतिवेदनमा समूहगत छलफलपछि अध्यक्ष ओलीले शनिबार नै जवाफ दिने कार्यक्रम रहेको छ।
२०७९ भदौ ११ गते
प्रतिक्रिया
सम्बन्धित








