प्रधानमन्त्री देउवाद्वारा बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र उद्घाटन
२०७९ भदौ ११ गते

बुटवल । प्रधानमन्त्री देउवाले बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बीआईसीसी को उद्घाटन गरेका छन् ।
एक अर्ब ३ करोड लागतमा बनेको कुल २७ सय जना क्षमताको सम्मेलन केन्द्रको प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार उद्घाटन गरेका हुन् ।
बुटवल राजमार्ग चौराहादेखि ५०० मिटर पूर्वतर्फ बुटवल १०स्थित बुटवल मण्डपको साढे ९ बिघा क्षेत्रफलमा एकहजार जना क्षमताको मुख्य हल र अन्य १२ वटा हल सहितको सम्मेलन केन्द्र बनेको हो ।



२०७९ भदौ ११ गते
प्रतिक्रिया
सम्बन्धित








