कांग्रेस सचेतक विश्वकर्माले भने – बालेनले अराजक गतिविधि बढाए !

काठमाडौँ । सत्तारूढ दल नेपाली कांग्रेसका सचेतक मीनबहादुर विश्वकर्माले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले अराजक गतिविधि बढाएकाे बताएका छन् ।

उनले अनधिकृत संरचनाहरूलाई कानुनी दायरामा ल्याएर कारबाही गर्ने अधिकार हुँदाहुँदै मेयरले अराजक गतिविधिलाई बढावा दिएकाे बताएका हुन् ।

त्यस्तै, विश्वकर्माले हाम्राे सिस्टममा कानुनी प्रक्रिया रहेकाे जिकिर गर्दै उनले त्यसकाे पालना हुनुपर्नेमा जाेड दिए । ‘हामी आज बजारमा के–के देख्दै छौ त ? भत्काउँदै हिँडनु भएको छ नि हैन, मेयर साव । हाम्रो सिष्टमले भनेको त्यो हो त रु त्यसको कानुनी प्रक्रिया छैन ?’ उनले भने ।

नेता विश्वकर्माले गल्ती गर्नेलाई मेयरले बयान लिने, जरिवाना गर्ने प्रावधान भए पनि आतंकित बनाउने नहुने बताए । उनले यस्ता कामले राजनीतिक प्रणालीमाथि नै आघात पुर्‍याउने जिकिर गरे ।

त्यस्तै, उनले गृहमन्त्रीलाई बन्दुक चलाउने अधिकार भयो भन्दैमा बन्दुक चलाउन नमिल्ने बताए । उनले भने, ‘गृहमन्त्रीलाई बन्दुक चलाउने अधिकार छ । स्थानीय तहको बजार व्यवस्थापन गर्ने सबै अधिकार मेयरलाई छ । तर अधिकार छ भनेर शान्ति, सुरक्षा भएन भनेर गृहमन्त्री आफैँले बन्दुक बोकेर हिंडनु भयो भने के हुन्छ ?’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 16 =