महानगरको कदम अलिक हतार भयो कि ? : वर्षमान पुन
२०७९ भदौ १० गते

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले कोरोना महामारीका कारण भर्खर व्यवसायीहरू तङ्ग्रिँदै गरेकाले महानगरको कदम छिटो भएको धारणा राखे । शुक्रबार मकालुखबरसँग कुरा गर्दै उनले यो कदमले खासगरी साना व्यवसायीहरू मारमा पर्नसक्ने तर्क गरे । उनले भने, ‘अवैधरूपमा बनेका संरचना हटाउनुपर्ने कुरा ठिक छ । तर, अलिक चाँडो भयो यो कदम । त्यो भएर यसलाई अस्वाभाविकजस्तो देखियो । नभए यो काम सैद्धान्तिकरूपमा ठिक छ ।’
उनले ३५ दिनको म्याद नागेपछि पनि केही समय थपेर संवाद तथा विमर्श गरेर काम गर्नुपर्ने तर्क दिए ।
२०७९ भदौ १० गते
प्रतिक्रिया
सम्बन्धित








