अवैध संरचना रहनुपर्ने पक्षमा कांग्रेस छैन : प्रकाशशरण महत

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्तासमेत रहेका नेता प्रकाशशरण महतले अवैधरूपमा बनेका संरचनाहरू हट्नुपर्ने बताएका छन् । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको ‘डोजर एक्सन’बारे गरिएको प्रश्नमा उनले भनेका छन्, ‘नेपाली कांग्रेस पार्टी अवैधरूपमा बनेका संरचनाहरू रहनुपर्छ भन्ने पक्षमा छैन ।’

मकालुखबरसँग कुरा गर्नै उनले नेपाली कांग्रेसले यो कदमलाई सकारात्मकरूपमा लिएको बताए । प्रभावितहरूको व्यवस्थापन गरेर मात्र हटाउँदा अझ राम्रो हुने उनको भनाइ छ । उनले भने, ‘प्रभावितहरूलाई गरिब तथा मजदुरलाई उचित स्थानमा व्यवस्थापन हुनुपर्ने थियो संरचना हट्नुअघि । हामी अवैधानिक संरचना रहनुपर्ने पक्षमा छैनौँ । त्यसलाई हटानैपर्थ्यो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 16 =